दफा
नागरिकताको प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनु पर्ने

(१) दफा ३ बमोजिम वंशजको नाताले नेपाली नागरिकताकोप्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारीसमक्ष देहायका कागजातका प्रतिलिपि संलग्नन राखी निवेदन दिनु पर्नेछ:–
(क) बाबु वा आमा वा आफ्नो वंशतर्पmका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र, ........
(क१) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा-नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा,

तर निवेदन दबिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नु पर्नेछ।
(ख) जन्मस्थान र नाता खुल्ने गरी गाउँपालिका वा नगरपालिकाले गरिदिएको सिफारिस ।

(ग) खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालभित्र फेला परेको र पितृत्व र मातृत्व ठेगान नभएको देहायको व्यक्तिको हकमा देहायका कागजातः-
(१) बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस,
(२) कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस,
(३) अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस ।
(१क) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (४) र (६) बमोजिम नागरिकताको प्रमाणपत्र लिन निवेदन दिँदा बाबु र्‌/आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।

(२) ......

(३) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि तोकिएको अधिकारीले प्राप्त प्रमाणका आधारमा छानबिन गरी निजलाईनेपाली नागरिकताकोप्रमाणपत्र दिनेछ ।

(३क) उपदफा (१) बमोजिमको प्रमाण पेश हुन नसकेमा तोकिएको अधिकारीले परिवारको सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउनु पर्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "परिवारको सदस्य" भन्नाले बाबु, आमा, पति, पत्नी, हजुरबुबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु, देवर सम्झनु पर्छ ।

(४) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको प्रमाण पेश गर्न नसकेमा वा दफा (३इक) बमोजिम परिवारको सदस्यबाट सनाखत हुन नसकेमा तोकिएको अधिकारीले स्थलगत सरजमिन गरी निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिईसकेको व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एक जना पदाधिकारी वा सदस्यले सरजमिनस्थलमा नै- गरेको सनाखत र सम्बन्धित वडा समितिले ८ गरेको सिफारिसको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्नेछ।

(५) उपदफा (४) बमोजिम स्थलगत सर्जमिन गर्दा निवेदक नेपालमा जन्म भई निरन्तर रुपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रुपमा उल्लेख भएको हुनु पर्नेछ ।

(६) उपदफा (३) वा (४) बमोजिम छानबिन गर्दा कुनै निवेदक नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य नदेखिएमा तोकिएको अवधिभित्र सोही व्यहोराको निर्णय गरी निजलाई सोको जानकारी दिनु पर्नेछ ।